सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपमली कांग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । आज बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनलाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ मा पक्राउ गरेको थियो । उनले कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले सदस्य र सहसचिव भएर काम गरेकी थिइन् ।

२०७३ कार्तिक ६ देखी २०७४ मंसिर ४ सम्म उनि सदस्य थिइन् । २०७४ मंसिर ४ देखी २०७६ भदौ २१ सम्म उनी सहसचिव भएर काम गरिन् । उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया