आठौँ राष्ट्रिय समावेशी ‘निम अवार्ड’ बाट विभिन्न श्रष्टा सम्मानित

काठमाडौं । आठौँ राष्ट्रिय समावेशी (निम अवार्ड) म्युजिक अवार्डबाट विभिन्न श्रष्टा सम्मानित भएका छन् । शनिबार काठमाडौंमा आयोजित सो अवार्ड वितरण तथा विभिन्न श्रष्ठा सम्मानित भएका हुन् । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा भएको उक्त कार्यक्रम वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहेका थिए । कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाको नायिका चैत्यदेवी सिंह, हाँस्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाको अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतका चलचित्र गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा यस वर्षको संगीत रजत सम्मानबाट वरिष्ठ संगीतकार शुरेश अधिकारी सम्मानित भएका छन् भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालकी केन्द्रीय सदस्य करिष्मा केसीलाई प्रदान गरिएको आयोजक पिम नेपालका अध्यक्ष माधवराज खरेलले जानकारी दिए ।

त्यस्तै पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन सञ्चारकर्मी सम्मान सञ्चारकमी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान (गीतकार–पर्वतारोही) पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोकगायक शुशिल ज्ञवाली तथा गायिका अनिता कुवँरलाई सम्मानित गरिएको अध्यक्ष खरेलले बताए ।

विगत ८ वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको बताइएको छ । अध्यक्ष खरेलका अनुसार नेपालीसहित अन्य ७ वटा भाषा र भाकासहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको थियो ।

संगीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा वरिष्ठ संगीतकार जुगल डंगोल, वरिष्ठ सञ्चारकर्मी तथा भिडियो निर्देशक विजयरत्न तुलाधर, वरिष्ठ सञ्चारकर्मी तुलसी गिरी (भावुक), संगीत संयोजक साहास शाक्य, लोकगायक अमृत खाती, मोडलराज टाईगर, निर्देशक केशवराज भट्ट रहेका थिए भने जुरीहरुको व्यवस्थापन अडियोतर्फ पिम नेपालका उपाध्यक्ष शंकर थापा (स्माईल) र भिडियोतर्फ निम अवार्डका व्यवस्थापन प्रमुख सनम कठायतले गरेका थिए ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ मा सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले आँखाको नुर बोलको गीतमार्फत प्राप्त गरिन् भने दोहोरी गायिकातर्फ सिमा थापाले सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड दामौलीमा गेट बोलको गीतमार्फत सिमा थापालाई प्रदान गरिएको थियो ।

उक्त समारोह सर्वोत्कृष्ट राष्ट्रिय भाव, रामप्रसाद अवस्थीः उठौँ जनता उठौँ, सर्वोत्कृष्ट गजल, गीता सापकोटा हुमागाईः किन, सर्वोत्कृष्ट आधुनिक गीतकार,जि।एम दिपु दिपेन्द्रः महँगो भो तिम्रो माया,सर्वोत्कृष्ट लोकपप गीतकार,लिला राज काम्वाङः छुट्ने बेला, सर्वोत्कृष्ट लोक–आधुनिक संगीतकार राजनराज शिवाकोटीः माया गर्न जान्यो मायाले,सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापाः तिमि आदत बन्यौ,सर्वोत्कृष्ट लोकपप गायन, शोभा पाण्डेः डल्ले खुर्सानी, सर्वोत्कृष्ट युगल गायन साईराज खातीरमुना ठटालः छुट्ने बेलाले अवार्ड प्राप्त गरे ।

त्यसैगरी सर्वोत्कृष्ट दोहोरी शब्द निश्चल दवाडीः कस्मीरे पच्छ्यौरी, सर्वोत्कृष्ट दोहोरी लयशान्त शिशिरः बेसारे माया, सर्वोत्कृष्ट दोहोरी गायक, हेमन्त कान्छा रसाईलीः पशुपतिमा शिवजी, सर्वोत्कृष्ट नव गीतकार, रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला, सर्वोत्कृष्ट नवगायक, सन्तोष कुमार तामाङः कसले बनायो पैसा ले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट नवगायिका, निरुता राईः आउ आउ, सर्वोत्कृष्ट ध्वनी मिश्रण प्रकाश मिश्रः थाहै थिएन दिल, सर्वोत्कृष्ट एरेन्जर, रिदम कँडेलः अधुरो सपना–२, सर्वोत्कृष्ट भिडियो निर्देशक, प्रकाश धितालः गन्र्दव बाहुन,सर्वोत्कृष्ट कोरियोग्राफर, पुनम श्रेष्ठः आउ आउ बोलको गीतबाट अवार्ड पाउन सफल भएका थिए ।

त्यसैक्रमा सर्वोत्कृष्ट छायाँकार, उत्सव दाहालः आमा ए आमा,सर्वोत्कृष्ट सम्पादक, राजेश कुमारः सुनौली कोल, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष, एलपी शर्माः मनमा पर्यो चोट तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शाँखीः भुल्नै गाह्रो भो बाट अवार्ड पाएका थिए भने सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठः सानै छु भेना, सर्वोत्कृष्ट दोहोरी मोडल महिला,सुजिना गोलेः दर्पण बनाई हेर्छु, सर्वोत्कृष्ट नवमोडल पुरुष, कुन्दन गुप्ताः हामी छुट्ने दिन तथा सर्वोत्कृष्ट नवमोडल महिला,निरुता विष्टः मलाई त तिम्रो भर पर्नु छ ले अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रममा भाषाभाषि तर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार, सुरजबीर बज्राचार्यः नक्कलीम्ह मयजु, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार,सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि, सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ, सुदित श्रेष्ठः कतांमरिया रुप छंगु, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन, दर्शनबीर शाक्यः नाप च्वने मदुसां बाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट मैथली गीत, विरेन्द्र झाः मिथिला धाम, उत्कृष्ट तामाङ सेलो, सन्जोक योन्जनः मायामा नेल, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा) ले अवार्ड प्राप्त गर्न सफल भएका थिए । त्यस्तै भाका तर्फ सर्वोत्कृष्ट काँठे गीत, सुजता के।सीः आलु तामाले र सर्वोत्कृष्ट डेउडा गीत, महेश कुमार औजीः ए ईजु गैग्यो परानबाट पाएका थिए ।

कार्यक्रममा सर्वोत्कृष्ट डायस्पोरा अवार्डवाट (मोडल), प्रतिक्षा लिम्बुः छुट्ने बेला, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरियो कार्यक्रममा मेनुका थापाले उठ उठ्नै पर्छ बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) अवार्ड प्राप्त गरिन् भने सर्वोत्कृष्ट लोक–पप गीतकार (जुरी), डिपी खनालः बुझे हुन्छ कुरा (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका), निता आचार्यः चुपचाप, सर्वोत्कृष्ट लोक–आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुलीः सुचना र प्रविधि यो, सर्वोत्कृष्ट लोकपप गायन (जुरी), अर्जुन खरेलः दुई चुल्ठी, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड), किस्ना आचार्य (रोशनी) निरि मायाको, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरीः फुल माया बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) मोडल जुना कार्कीले झरी बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले बोली झर्कै छ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस) अवार्ड प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट ,मैथली गीत (जुरी), डा. पूनम सिन्हाः मेघ मलहार, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस), टिका बमजन, तामाले बोली फेर्दैन, सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई कामीदाईको घनठोकाई र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउने लाई प्रदान गरिएको अध्यक्ष खरेलले जानकारी दिए ।

प्रतिक्रिया