तिलोत्तमा नगरपालिका सडकाआश्रित मानवमुक्त नगर घोषणा हुने

रूपन्देही । मानवसेवा आश्रम र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको समन्वयमा वैशाख २३ गते मंगलबार तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडकाआश्रित मानवमुक्त नगर घोषणा गर्ने तयारी भएको छ ।

मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले २०८२ सालभित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा अभियान सञ्चालन गरिरहेको छ ।

सोही क्रममा यही वैशाख २३ गते तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल घोषणा गरिने मानवसेवा आश्रमले जनाएको छ । यता तिलोत्तमा नगरपालिकाले पनि उक्त घोषणा अभियानमा सहभागी हुन नगरपालिकाका सबैलाई अनुरोध गरेको छ ।

सरकारले केही दिनअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मुक्त नेपाल घोषणा गर्ने कार्यक्रम अघि सारिसकेको छ । सोही आधारमा टेकेर मानवसेवा आश्रमले २०८२ लाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया