एकीकृत समाजवादी बाँकेको अध्यक्षमा दिपक जिएम

बाँके । नेकपा (एकीकृत समाजवादी) बाँकेको आठौँ जिल्ला अधिवेशनले दिपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ ।

बाँकेका आठैवटा पालिकाबाट निर्वाचित भएर आएका ३७८ पार्टी प्रतिनधिले निर्विरोध निर्वाचित गरेको कमिटीमा अध्यक्ष दिपक जिएम, उपाध्यक्ष शिव डाँगी र करिश्मा योगी, सचिव तेजप्रसाद अघिकारि, सहसचिव टेकेन्द्र मल्ल, प्रेमिका शाही र मकुवुल खानसहित ५३ जना रहेका छन् ।

नेपालगञ्जमा भएको अधिवेशनलाई केन्द्रीय महासचिव घनश्याम भुषाल, केन्द्रीय उपमहासचिव मेटमणि चौधरी, केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, पोलिटब्युरो सदस्य तथा बाँके इन्चार्ज अब्दुल हुसेन खाँ, केन्द्रीय सदस्य नारायणी वली, कृष्ण बिसी, अनारकलि मियाँ लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया