सांसद पद फुकुवाको आग्रह गर्दै रवि लामिछाने पुगे सभामुख घिमिरेको कार्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रावि लामिछाने आफ्नो निलम्बन भएको संसद पद फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई भेटेका छन् ।

उनले आज मंगलबार सभामुख घिमिरेलाई भेटेर निलम्बन फुकुवा आग्रह गरेका हुन् । मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर सभापति लामिछानेसहि आग्रह गरेका हुन् ।

रास्वपाले एक महिनाअघि नै सभापति लामिछानेको निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको थियो ।

तर त्यो पत्रको सुनुवाई अहिलेसम्म नभएपछि पुनः सभामुखकहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए ।

प्रतिक्रिया