अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शितगंगा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र ८ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए ।
प्रतिक्रिया