पत्रकारिता क्षेत्रको विकास र प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरण विकास र प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार राप्ती उपत्यका (देउखुरी) मा भएको प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा दिँदै आएको बताएका हुन्ं ।

‘पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालाहरुसँग छलफल गरेरै अघि बढ्दै आएको छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘अहिले रोकिएको विषयप्रति म जानकार छु, पत्रकारिता क्षेत्रका सरोकारवालाहरूसँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौँ ।’

उनले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुनी संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिवद्धता जनाए ।ञप्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौं,झ उनले थपे,ञपत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौँ ।’

त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे । ‘सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ, अराजकता फैलाउने छुट कसैलाई छैन,’ उनले भने, ‘पत्रकारिता क्षेत्रमै विकृति र विसंगति देखिएको छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ ।

कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, चौतारीका इञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम, केन्द्रीय तथा प्रदेश नेतृत्वका अन्य पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया