फिदिम , ११ चैत । पाँचथरको नागिन गाविसमा शनिबार नेकपा–माओवादीसहित राजनीतिक दलका कार्यकर्ताले फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध पुर्याएका छन् ।
माओवादी र मञ्चसम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले नागिनको पीपलबोटे इलाकामा मतदाता नामावली संकलन कार्य बिथोलेका हुन् । शुक्रबार मात्र स्थानीय प्रशासनको अगुवाइमा भएको छलफलमा ती दलले अवरोध नगर्ने सहमति जनाएका थिए । नामावली संकलन अवरुद्ध गरेपछि सशस्त्र प्रहरीको टोलीले माओवादी इलाका इन्चार्ज शंकर गुरुङ, लिम्बुवानका चित्र मेन्याङवोलगायत केहीलाई नियन्त्रणमा लिई छाडिदिएको छ । उनीहरूले यसअघि लुङरुपा, लिम्बा, एकतीन फलैँचालगायत गाविसमा पनि नामावली संकलनमाा अवरोध पुर्याएका थिए ।
प्रतिक्रिया