गढीमाई मेला हेरेर फर्किदा दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई भेट्न पुगे सांसद महतो

सांसद महतोद्वारा मृतकका परिवारलाई राहत स्वरुप प्रति परिवार ५ हजार सहयोग

सिरहा । सिरहा ४ बाट निर्वाचित सांसद बिरेन्द्रप्रसाद महतोले मंगलबार बिहान धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा मृत्यु भएका परिवारलाई क्षतिपूर्तीको लागि पहल गर्ने बताएका छन् । दुर्घटनमा ८ जनाको मृत्यु भएको खबर सुन्ने वित्तिकै काठमाडौँबाट सिरहा पुगेर सांसद महतोले मृतकहरुको परिवारलाई भेटेका हुन् ।

सांसद महतोले मृतकहरुको घरमै पुगेर आफन्त र नातेदारलाई भेटघाट गरेका छन् । घटनाबारे जानकारी पाएपछि घटनास्थल नजिकका प्रहरी प्रमुखलाई घाइतेहरुलाई उद्धार गर्न र घटना बारे जानकारी गराउन आग्रह समेत गरेको उनले बताए । मृतकका परिवारलाई सांसद महतोले राहत स्वरुप प्रति परिवार ५ हजार सहयोग गरेका छन् ।

अर्नमा गाउँपालिकाबाट गढिमाइ मेला हेर्न गएका हरु मेला हेरेर घर फर्किने क्रममा रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको थियो ।

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका ४ जनाको उपचार भइरहेको छ । एकै गाउँका ८ जनाको मृत्यु भए पछि गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया