७ लाख मूल्यको रुद्राक्षको दाना बरामद

सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करीब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले मंसिर १८ गते बरामद गरेको छ ।

धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शंका लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ केजी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो ।

बरामद रुद्राक्षको दाना आवश्यक कारवाहीको लागि राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।

प्रतिक्रिया