काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् । उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पवित्रा खड्का अधिकारीले ४ सय ९५ मत पाइन् ।
अघिल्लो निर्वाचनमा खड्काका पति श्यामकुमार अधिकारी विजयी भएका थिए । अधिकारीको निधन भएपछि उनकी पत्नी उपनिर्वाचनमा कीर्तिपुर ४ मा उम्मेदवार बनेकी थिइन् ।
प्रतिक्रिया