काभ्रेपलाञ्चोक । संयु्क्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।
पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई रु १ करोड ५० लाख ४० हजार ५ सय मंगलबार हस्तान्तरण गरेको हो । सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान गरे । उक्त वडाका ५९ परिवारले सहायता रकम पाएका छन् ।
नगरमा चार सय ५३ प्रतिपरिवारलाई रु १५ हजार तथा तीन सय ९२ परिवारलाई रु २० हजार सहायता रकम प्रदान गरिनेछ । अकुङ्गाले विपदबाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएकाले सहायता रकम प्रदान गरिएको बताए ।
सो संस्थाले निकट भविष्यमा मण्डनदेउपुर नगरका बाढीपहिरो पीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ । युनिसेफले यसअघि बेथानचोक गाउँपालिकाका दुई वडाका दुई सय ६९ परिवारलाई आर्थिक सहयोग गरेको थियो ।
प्रतिक्रिया