काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका– ७ धारापानीमा ७४ वर्षीय बलबहादुर श्रेष्ठको आफ्नै छोराद्वारा हत्या भएको खुलासा भएको छ । २०८१ कार्तिक १० गते राति बलबहादुर आफ्नै कोठामा मृत फेला परेका थिए ।
प्रहरीका अनुसार, अंशको विवादले गर्दा छोरासँग भनाभन भएको र विवादकै क्रममा ४४ वर्षीय जेठो छोरा रामलाल श्रेष्ठले मुक्का र हँसिया प्रहार गरेर बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक बुवाको अनुहार र टाउकोमा चोट लागेको र गलले घाँटी थिचेर हत्या गरिएको बताइएको छ ।
फरार रहेका रामलाललाई प्रहरीले स्थानीय सहयोगमा कार्तिक २३ गते ढोडेनी वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिए जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । उनलाई आज एक पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
प्रतिक्रिया