सिरहा । गोलबजार नगरपालिकाले जग्गामा लाग्ने मालपोत (कर) वृद्धि गरेको प्रति नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) गोलबजार नगरकमिटीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा किसान मजदुरको अवस्था विश्लेषण नगरी हचुवाको भरमा गरेको कर विद्धि प्रति प्रार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी नगर कमिटी अध्यक्ष भेषराज भेषराज ठकुरीले विज्ञप्ती जारी गर्दै हचुवाको भरमा वृद्धि गरेकोे मालपोत नउठान र तत्काल सच्याएरमात्र कर असुलि गर्न माग गरेका छन् ।
पालिकाले एकैपट हजारौं प्रतिशत मालपोत वृद्धि गरेको प्रति विरोध जनाउँदै सात दिनभित्र यसलाई सच्याउन मागगर्दै हाम्रो जायज माग प्रति वेवास्ता गरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
विज्ञप्तीमा मालतपोत सहित वृद्धि भएका अन्य करहरु पनि सच्याउन माग गरेको छ । विज्ञप्तीमा आन्दोलनबाट हुने सवैखालका असरहरुको जिम्मा नगरपालिकाले लिनुपर्ने उल्लेख गरिएको छ ।
यस अघिनै गोलबजार नगरपालिकाका उपमेयर मानती साहले प्राविधिक कारणले कठ्ठाका लागि निर्धारण गरिएको मालपोत धुरमा पर्न गएकोले कार्यपालिकाले सच्याउने बताएकी छन् ।
त्यसैगरी, उपमेयरले दिएको मन्तव्यसँग बाझिनेगरी गोलबजार नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष समेत रहेका नगर प्रवक्ता संजित कुमार लामाले विज्ञप्ती जारीगर्दै राजश्व वृद्धिप्रति जनताको असहमति रहे सच्याउने प्रतिवद्धतासहितको विज्ञप्ती जारी गरेका थिए ।
प्रतिक्रिया