काठमाडौँ । गायक चिरञ्जीवी भण्डारीले राइजिङ मेलोडी स्टारको उपाधिसहित अवार्ड प्राप्त गरेका छन् । उनले केही दिनअघि राजधानी काठमाडौँमा सम्पन्न सामरी इन्टरनेसनल अवार्डमार्फत राइजिङ मेलोडी स्टारको उपाधिसहित अवार्ड हात पारेका हुन् ।
सामरी इन्टरनेसनल इभेन्टको आयोजनामा एकैसाथ ४ कार्यक्रम सम्पन्न भएको थियो । मण्डला राष्ट्रिय प्रतिभा सम्मान–२०८१, एमकेएस फेसन सो, सामरी इन्टरनेसनल अवार्ड–२०२४ र डास्म सुपर स्टार कार्यक्रम ग्रान्ड फिनाले एकैसाथ सम्पन्न भएको राइजिङ मेलोडी स्टारको उपाधिसहित अवार्ड प्राप्त गरेको भण्डारीले बताए ।
राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुखअतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी रहेका थिए भने विशिष्ट अतिथि वरिष्ठ कलाकार गौरी मल्ल रहेकी थिइन् । साथै, कार्यक्रममा चलचित्र पत्रकार कुबेरराज गिरी र युवा पत्रकारिता सम्मान काभ्रेका युवा पत्रकार अरविन्द्र गौतमले हात पारेका छन् ।
डास्म सुपर स्टारको ग्रान्ड फिनाले, सामरी इन्टरनेसनल अवार्ड २०२४, एमकेएस ब्राइडल फेसन सो, मण्डला राष्ट्रिय प्रतिभा सम्मान–२०८१, कार्यक्रम गएको बुधबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।
एमकेएस फेसन हाउसको सिइओ दिलमाया मगर र सामरी इन्टरनेसनल इभेन्टका अध्यक्ष तथा ¥याप गायक भरत सामरीको सहकार्यमा एमकेएस ब्राइडल फेसन सो कार्यक्रम पनि सम्पन्न भएको थियो । उपाधिसहित अवार्ड प्राप्त गरेका गायक भण्डारीले यो सफलताले आफ्नो करिअरमा थप हौसला र मनोबल बढाएको बताए ।
प्रतिक्रिया