मुम्बई । सलिम–जावेदको जीवनमा आधारित डकुमेन्ट्री सिरिज ‘द एंग्री योङ मेन’ यसै साता प्राइम भिडियोमा रिलिज भएको छ । भारतीय सिनेमाको इतिहासमा यो एउटा ठुलो घटना मानिएको छ । सामान्यतया, अभिनेता, अभिनेत्री, निर्माता, निर्देशक, संगीतकार र गायकहरूका बायोपिकदेखि वृत्तचित्रहरू बनाइएको विगत भए पनि पटकथा लेखकहरूमाथि यस्तो कहिले बनेको थिएन ।
लेखकबिना कुनै पनि चलचित्रको कल्पना गर्न सकिँदैन । चलचित्रको सफलताको चर्चाबाट लेखक भने प्रायः गायब नै रहन्छन् । ५० वर्ष बितिसक्दा पनि सलिम–जावेद फिल्म लेखनमा अतुलनीय पात्र नै छन् । यी नै पात्रको सेरोफेरोमा रहेर सलमान खान फिल्म्सले डकुमेन्ट्री तयार पारेको हो ।
सलिम–जावेद जोडीले सँगै लेखेका २४ फिल्ममा २० फिल्म सफल भएका थिए । त्यो आफैँमा कीर्तिमान थियो । आफ्नो सफलताको अवधिमा दुवैलाई उनीहरूको फिल्मको कथा मौलिक नभई हलिउड फिल्मबाट प्रभावित भएको आरोप लागेको थियो ।
सो जोडी सन् १९८१ जुनमा टुटेको थियो । त्यसपछि दुवैले एक्लै फिल्म लेखे । जावेद अख्तरले बेताब, दुनिया, मशाल, अर्जुन, डकैत, मेरी जंग र रूप की रानी चोरों का राजा जस्ता फिल्महरू लेखेका थिए । जसमध्ये बेताब र अर्जुन पनि सफल भए । सलीम खानले नाम, कब्जा, तुफान, अकेला र पत्थर के फूल जस्ता फिल्महरू लेखेका थिए । त्यसमध्ये ‘नाम’ मात्रै हिट भएको थियो । सलीम–जावेदले जोडीको रूपमा हासिल गरेको ब्लकबस्टर सफलता, दुवैले एकल पटकथा लेखकको रूपमा दोहोर्याउन सकेनन् ।
जंजीर, दिवार, त्रिशूल वा एंग्री यंग म्यान जस्ता केही पनि हिन्दी सिनेमामा यसअघि भएका थिएनन् । यो जोडी अलग भएपछि पनि उनले एउटै क्यारेक्टर लेखिरहे । सन्जय दत्त सलीम खानले लेखेको फिल्मको एंग्री यङ मेन हुन् । सन् १९८० को बेरोजगार र निराश युवा पनि सफल रहे । उनले लेखेका ‘अकेला’ मा अमिताभ एंग्री यङ मेन थिए तर त्यतिबेला उनी जवान थिएनन् ।
सलीम–जावेदलाई नजिकबाट चिन्नेहरू भन्छन् कि यो जोडीको ब्रेकअप पछि अर्को विशेष कुरा पनि हराएको थियो । उनीहरू दुवै मिलेर उनीहरूले एकअर्काको आत्मविश्वास बढाउँथे । लामो समय पछि ‘मिस्टर इन्डिया’मा सलीम–जावेदको श्रेय फर्किएको थियो । सोृ फिल्म १९८७ मा रिलिज भएको थियो । सो फिल्म पनि ब्लकबस्टर भयो । सलीम–जावेदले धेरै वर्षपछि ‘दोस्ताना’ फिल्मका लागि सुपरस्टार अमिताभ बच्चनभन्दा ५० हजार रुपैयाँ बढी पारिश्रमिक पाएका थिए ।
प्रतिक्रिया