रोशन क्षत्रीको तीज गीत ‘भनम कस्लाई खोई’

काठमाडौं । हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर गीतकार रोशन क्षत्रीले ‘भनम कस्लाई खोई’ नामको गीत ल्याएका छन् ।

उक्त गीतको भिडियो उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा गायिका शान्तिश्री परियार र सुनिता सुनारको आवाज रहेको छ भने रोशन क्षत्रीको शब्द, गोपाल सापकोटाको संगीत रहेको छ ।

यस गीतको एरेञ्ज र मिक्सिङ भने रमेश सेञ्चुरीले गरेका हुन् । होम गुरुङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतमा गणेश सापकोटाको छायांकन, तारानाथ आचार्यको सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ ।उक्त गीतको भिडियोमा कविता न्यौपाने, विकाश थापा, ममता तामाङ, राज कुमार क्षत्रीको अभिनय रहेको छ ।

प्रतिक्रिया