सिरहा । नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो वार्षिक स्मृतिसभा सिरहाको लहानमा मनाइएको छ । लहान–१४ बस्तीपुरस्थित स्व.गिरिको आश्रममै बिहीबार संघीय सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा दोश्रो स्मृति दिवस मनाइएको छ ।
प्रमुख आतिथ्य गृहमन्त्री लेखकले गिरी ज्ञानको समुन्द्र रहेको बताउँदै वहाँ अद्भूत व्यक्तित्व भएको नेता भएको र उनको ज्ञानले जो कोहीलाई आश्चर्यचकित तुल्याएको बताएका थिए ।
गृहमन्त्री लेखकले गिरी नेपाली कांग्रेसको नेता भए पनि अथाह ज्ञानकै कारण सबै पार्टीका नेता कार्यकर्ता, सिंगो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको बताए । गृहमन्त्री लेखकले गिरीको अभाव मुलुकलाई जहिल्यै खड्किरहने भन्दै उनको आदर्श व्यक्तित्वबाट सबैले प्रेरणा लिनुपर्ने बताए ।
‘उहाँको जस्तो अद्भूत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो’, उनले भने, ‘उहाँको आदर्श व्यक्तित्वबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’ सादगी नेता गिरीको अभाव मुलुकमा खट्की रहेने गृहमन्त्री लेखकले बताए ।
सभामा विशिष्ट व्यक्तित्वहरूलगायत नेपाली कांग्रेसका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा पत्रकारको उपस्थिति रहेको थियो । स्वर्गीय गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुन्ज, समाजवादी चिन्तक त्यागी एवं वहुआयामिक व्यक्तित्व थिए । उनलाई कांग्रेस मात्रै होइन, अन्य पार्टीका नेताले समेत निष्ठावान नेताका रूपमा लिने गरेका थिए ।
प्रतिक्रिया