मधेसका ४ वडामा उपचुनाव हुने

मधेस । निर्वाचन आयोगले अगामी मंसिर महिनाको अन्तिम साता देशभरका विभिन्न स्थानीय तहको ३४ पदका लागि उपनिर्वाचन गराउने तयारी गरेको छ ।
विभिन्न कारणले रिक्त हुन पुगेका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं वडा अध्यक्षहरूको पदपूर्ति निर्वाचन प्रक्रियाद्वारा गरिने तयारी आयोगको छ । यसका लागि अगामी मंसिर अन्तिम साता उपनिर्वाचन गराउन आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।

मधेसको सप्तरी र रौतहट जिल्लामा ४ वटा वडा अध्यक्षको पद रिक्त रहेको आयोगले जनाएको छ । आयोगको अनुसार सप्तरी जिल्लाको डाक्नेश्वर नगरपालिका–४ का वडा अध्यक्षको पद खालि छ ।

त्यस्तै, रौतहट जिल्लास्थित इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा वडा अध्यक्षको पद रिक्त छन् ।

प्रतिक्रिया