गौरमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको हत्या

रौतहट । जिल्लाको गौर नगरपालिका– ५ स्थित धानको खेतबाट हत्या गरी फालिएको अवस्थामा एक ववृद्धको शव फेला परेको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा झुलुंगे पुलदेखि दक्षिणतर्फ धानको खेतमा स्थानीय ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।

धानको खेतमा पुरुषको शव रहेको प्राप्त भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीको टोलीले महतोको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

पेटमा धारिलो हथियार प्रयोग गरी हत्या गरिएको र घटनास्थलबाट चप्पलसमेत फेला परेको प्रवक्ता गिरीले बताइन् । हत्या कसले र किन गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया