जसपा सप्तरीको अध्यक्षमा यादव

राजविराज । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी सप्तरीको अध्यक्षमा सत्यनारायण यादव चयन भएका छन् । सप्तरीको राजविराजमा सोमबार आयोजित एक समारोहका बीच यादवको नेतृत्वमा २९ सदस्यीय जिल्ला समिति घोषणा गरिएको हो ।

गठित समितिको सदस्यहरूमा दयानन्द गोइत, इन्द्रदेव यादव, चित्तरंजन यादव, सुरेन्द्र साह, सन्तोष मण्डल, शक्ति यादव, मुखिलाल चौधरी, मो.जिब्रील मियाँ, रविन पासवान, भगवती मिश्र, रामदेव यादव, मधेसी चयन भएका छन् ।

यसैगरी मुखलाल यादव, उमेश यादव, शिवनाथ राय, नारायण यादव, प्रमेश्वर मण्डल, हरिनारायण साह, ओमप्रकाश मण्डल, महेन्द्रप्रसाद चौधरी, धनराज मण्डल, रान्सु चौधरी, हरिप्रसाद राम, रविता मण्डल, घुरण यादव, चन्द्रा साह, जितेन्द्र साह, अर्जुन पंजियार र इन्द्रदेव चौधरी सदस्य रहेका छन् ।
यसैगरी सोही भेलाले अनुराधा साहको नेतृत्वमा १७ सदस्यीय महिला जिल्ला समिति चयन गरेका छन् ।

समितिको सदस्यहरूमा पुनिताकुमारी साह, सीताकुमारी यादव, बविता राम, संगीता यादव, प्रमिला साह, सरस्वती देवी मण्डल, अनितादेवी मण्डल, नर्मलकुमारी मण्डल, वबिता मण्डल, भक्तिदेवी राम, प्रमिलादेवी साह, मीनाकुमारी चौधरी, दुर्गा गुप्ता, जामुन चौधरी, संसारी चौधरी, चन्द्रकला साह छन् ।

जसपा मधेस प्रदेश समिति संयोजक अशोक यादवको अध्यक्षता तथा जसपा केन्द्रीय अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपा सह अध्यक्ष रेणु यादव, उपाध्यक्ष एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह, महासचिव एवं पूर्वमन्त्री इस्तियाक राइन, सह–महासचिव एवं खानेपानी मन्त्री प्रदीप यादव, केन्द्रीय सदस्य विनोद चौधरीलगायत नेताहरूको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया