रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रौतहट जिल्ला अदालतको फैसला कार्यन्वयनअन्तर्गत कैद जरिवाना सजाय पाई फरार रहेका विभिन्न मुदाका १६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतले कैद सजाय र जरिवना लागेका लगत पठाए अनुसार जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत कार्यालयबाट खटिएको टोलीले खोजतालास गरी ती फरार प्रतिवादीलाई पक्राउ गरी रौतहट जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जनाएको छजानकारी दिइन् ।
जिल्ला प्रहरी प्रवक्ता गिरिका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न ठाउँमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उलंघन गरेको आरोपमा ९४८ जना सवारी चालकमाथि कारवाही गरी ८ लाख ३ हजार रुपैयाँ राजश्व असुली भएको छ ।
रौतहट
प्रतिक्रिया