काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ औं जन्मदिनको अवसर पारेर तीन वटा कृति सार्वजनिक भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालका विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना —२’ सार्वजनिक भएको हो । त्यसैगरी थप दुई कृति ‘वितेका कुरा’ र ‘अविश्रान्त भैरव’ पनि सो अवसरमा सार्वजनिक गरिएको थियो ।
पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले ९७ वर्षको उमेरमा रिसालको यो ऊर्जाको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले छविलाई बेदाग राखेर बहुमूल्य जिन्दगी बाँचेको बताए ।
‘एउटा व्यक्तिले कति वर्ष बाँच्यो भन्ने कुरा जति महत्वपूर्ण हुन्छ । बाँचेको जिन्दगी बेदाग बाँच्यो भन्ने कुरा चाहिँ भयंकर कुरा हुन्छ ।’ महामन्त्री शर्माले भने,‘बेदाग र बहुमूल्य जिन्दगी आदरणीय भैरव दाइले बाँच्नुभएको छ । म हृदयदेखि श्रद्धा गर्न चाहन्छु ।’
कार्यक्रममा सय बर्ष पूरा गरेका डा गौरिशंकर लाल दास, टंकप्रसाद आचार्य प्रतिष्ठानका अध्यक्ष सुशिल प्याकुरेल, कर्ण शाक्य,जगत उपाध्याय लगायतले रिसालको सक्रियताको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया