राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान काठमाडौँको प्रथम अधिवेशन

काठमाडौँ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल काठमाडौँको प्रथम अधिवेशन सम्पन्न भएको छ । सो प्रतिष्ठानको प्रथम अधिवेशन शनिबार राजधानीमा सम्पन्न भएको हो । २०६७ सालदेखि खैँजडी, मजुरा, मृदंग, सारंगी, बाँसुरी, मादल, हार्मोनियम, तबला, झ्याम्टा, डम्फु लगायतका मौलिक एवं लोपोन्मुख बाजागाजासँगै भजन संस्कृतिको संरक्षणमा सो संस्था लागिरहेको छ । संस्थाको अधिवेशन सम्पन्न भएको गायक तथा भजन प्रतिष्ठानका केन्द्रीय सचिवालय सदस्य एवं बागमती प्रदेशका इन्चार्ज पौडेलको नविन पौडेलले बताए ।


भजन प्रतिष्ठान बागमती प्रदेशका जिल्ला अध्यक्ष धादिङबाट निश्चल सिलवाल, ललितपुरबाट यदुप्रसाद दाहाल, सिन्धुलीबाट मिनाश्री लुंगेली र नुवाकोटबाट विष्णुहरि फुयालको सहभागिता थियो । यसैगरी, मकवानपुरबाट अनिता सुवेदी, काभ्रेपलान्चोकबाट कृष्ण तिमिल्सिना, सिन्धुपाल्चोकबाट साजन पराजुलीलगायत प्रदेशभित्रका केन्द्रीय सदस्यहरूको सहभागितामा अधिवेशन सम्पन्न भएको गायक एवं बागमती प्रदेश इन्चार्ज पौडेलले जानकारी दिए ।

त्यसैगरी काठमाडौँ जिल्लाभित्रका नगरपालिका काठमाडौँ महानगरपालिका, तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो । भेलामा नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, कागेश्वरी–मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंकरापुर नगरपालिकाबाट सहभागिता थियो । सो भेलाबाट तारकेश्वर नगरपालिकाका मुकुन्द घिमिरेको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको गायक पौडेलको भनाइ छ ।

उनका अनुसार उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्षमा क्रमशः जनार्दन अधिकारी, चन्द्रकला घिमिरे, गोपालबहादुर सिटौला, कालिका बानिया, कृष्णप्रसाद शर्मा, रामप्रसाद थपलिया चयन भएका छन् ।

त्यसैगरी धनराज पौडेल, हरिप्रसाद अधिकारी, गिरिराज अर्याल, मिना भण्डारी, भगवती बिडारी, सावित्री तिमल्सिना, उमा बिडारी र दुर्गा लामिछाने सदस्य छन् । जयन्ती रेग्मी, लोकनाथ देवकोटा, नेत्रकुमारी पाण्डे, सावित्रा पाठक र पुरुषोत्तम अधिकारी, शारदा गजुरेल, उज्ज्वल मिश्र र कमला न्यौपाने पनि सदस्य छन् । अन्य सदस्यमा कमला लामा, सरस्वती उपाध्याय, निर्मला कट्टेल, राधिका तिमल्सिना, नवराज कोइराला, भिमबहादुर खनाल र विष्णुप्रसाद बन्जारा रहेका छन् । सो राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल काठमाडौँको प्रथम अधिवेशन उक्त भजन प्रतिष्ठानका केन्द्रीय सचिवालय सदस्य एवं बागमती प्रदेशका इन्चार्ज गायक नवीन पौडेलकै प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

काठमाडौँ जिल्लाका उपाध्यक्ष धनराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रतिष्ठानका केन्द्रीय सदस्य चन्द्रमणि गौतम, निर्वाचन मन्डलको संयोजक अधिवक्ता शम्भु नेपाल, गोविन्द नेपाललगायत रहेका थिए । लोपोन्मुख बाजागाजा एवं भजन संस्कृतिको संरक्षणमा लागिरहेको यस संस्था देशका ५२ जिल्लामा विस्तार भएको गायक पौडेलले बताए ।

प्रतिक्रिया