काठमाडौँ । आश्मा कुमारी केसीले मिस नेपाल–२०२४ को उपाधि जितेकी छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमबीच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।
अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्माकुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार हात पारेका छन् ।
प्रतिक्रिया