कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे टुंगाे, आजै सपथ लिने

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनका लागि कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएर मुख्यमन्त्री यामलाल कंडेललाई बुझाईसकेको छ । कांग्रेसले सरकारमा चार मन्त्रीलाई पठाएको बुझिएको छ ।

जस अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा राजिवविक्रम शाह, सामाजिक विकासमन्त्री, घनश्याम भण्डारी , जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सिफारिश गरिएको हो ।

केन्द्रमा भएको सत्ता फेबदल पछी माओवादी सरकारबाट बाहिरिएपछि कांग्रेसले सरकारमा सहभागी हुने भएको हो। सिफारिस भएका मन्त्रीहरुले आजै सपथ लिने तयारी भैरहेको बताईन्छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया