साहरूखको आँखामा मोतियाबिन्दु

मुम्बई । हालै बलिउड अभिनेता शाहरूख खानले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर बाहिरिएको छ । रिपोर्टका अनुसार, उनको आँखामा मोतियाबिन्दुको समस्या रहेको दाबी गरिएको छ । जुमको रिपोर्ट अनुसार, शाहरूखको दुवै आँखामा मोतियाबिन्दु छ । १२ जुलाईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहअघि अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए । तर, त्यहाँ उपचार चाहेजसो हुन सकेन । अब शाहरूख आँखाको उपचारका लागि अमेरिका जानेछन् । उनी निकट स्रोतका अनुसार शाहरूख ३० जुलाईमा उपचारका लागि अमेरिका जानेछन् ।

यद्यपि, अहिलेसम्म यस विषयमा अभिनेता वा उनको टोलीबाट कुनै औपचारिक पुष्टि भएको छैन । शाहरूख आउँदो अगस्ट ७ र ८ मा स्विट्जरल्यान्ड जाने चर्चा पनि छ । तर, उनी कामका लागि वा व्यक्तिगत कारणले त्यहाँ जाने हुन् भन्ने टुंगो लागेको छैन । शाहरूख हालै उनकी आमाको निधन भएपछि साथी निर्देशक फराहलाई भेट्न गएका थिए । जतिबेला शाहरूखकी पत्नी गौरी खान र छोरी सुहाना पनि थिइन् । शाहरूखको पछिल्लो फिल्म ‘डंकी’ गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो । हाल अभिनेता आफ्ना सन्तान सुहाना र आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन् । शाहरूख र सुहाना फिल्म ‘किंग’मा सँगै देखिनेछन् ।

प्रतिक्रिया