पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सबै पालिकाहरुले ध्यान तथा योग शिविर सञ्चालन गर्न आग्रह गरेका छन् ।
बुधबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित मेडिटेसन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सवै पालिकाहरुले ध्यान योग शिविर आयोजना गरेमा प्रदेश सरकारले पनि साझेदारी गर्ने बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले पछिल्लो समयमा मानीसहरुमा आएको नकरात्मक सोचका कारण समाज भाँडिदै गएको बताउँदै योग र ध्यानको माध्यमबाट मानीसलाई सही मार्गमा ल्याउन सकिने बताए ।
उनले गण्डकी प्रदेशमा मात्रै दैनिक तीन जनाले आत्महत्या गर्ने गरेको बताउँदै यसको न्यूनिकरणका लागि पनि योग र ध्यान तथा मेडिटेशनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी तथा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले आ–आफ्नो धारणा राखेका थिए । बह्मकुमारी इश्वरीय विश्वविद्यालयले आयोजना गरेको तालिम पाँच दिनसम्म चल्नेछ ।
प्रतिक्रिया