जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ ।
सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसँगै जग्गा वर्गीकरणका कारण खरिदबिक्रीदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरणसम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसँगै स्थानीयवासीलाई सहज हुने भएको छ ।
कमला नगरपालिकाका सूचना अधिकारी वीरेन्द्र सढानले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण कमला नगरपालिका झिटकहिया, धनुषा मापदण्ड २०८१ पारित भएको जानकारी दिए ।
भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली २०७९ को मापदण्ड तथा आधारहरूका साथै देहायअनुसार यस कमला नगरपालिकाको जग्गालाई भूउपयोग क्षेत्रमा वर्गीकरण गरिने प्रयोजनका लागि भूउपयोग ऐन २०७६ को दफा ५ को उपदफा ४ बमोजिम भूउपयोग क्षेत्र नक्सालाई अध्यावधिक गर्न सो मापदण्ड र आधार जारी गरिएको नगरप्रमुख विशेश्वर यादवले बताए ।
प्रतिक्रिया