लंगडीमा नवनिर्मित जनसेवा धर्मशालाको उद्घाटन

पर्सा । मधेस प्रदेश सरकारको सहयोगमा पर्साको धोबिनी गाउँपालिका– ४ लंगडी बजारमा रहेको मन्दिरको प्रांगणमा नवनिर्मित जनसेवा धर्मशालाको उद्घाटन गरिएको छ ।

सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं धोबिनी गाउँपालिकाका अध्यक्ष बशिष्टनारायण कुर्मीले पूजापाठ गरी नवनिर्मित धर्मशालाको उद्घाटन गरेका हुन् । मधेस प्रदेश सरकारको सहयोगमा करिब २५ लाखको लागतमा निर्माण भएको नवनिर्मित धर्मशाला उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता कुर्मीले यस बजार क्षेत्रमा कुनै धर्मशाला नरहेकाले जनताहरुलाई विवाह, ब्रतबन्ध टिकाउन समस्या भएकाले जनताहरुको मागलाई मध्यनजर गरी आवश्यकता अनुसार यो धर्मशाला निर्माण गरिएको बताए । अगामी दिनहरु विकास निर्माण कामलाई निरन्तरता देने नेता कुर्मीले बताए ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष अबास मियाँ, वडा सदस्य कमल ठाकुर, मदन सहनी, स्थानीय अगुवा रामा चन्द साह, भुवाल पटेल, जवाहिर साह, मथुरा राउत कुर्मी, भरत पटेल, कमरुल मियाँ, रामबाबु साह, साधु–सन्त र जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया