चोरीको ९० किलो तामाको तार बरामद

hospital-ma-choriकाठमाडौं, १९ फागुन । राजधानीमा प्रहरीले ठूलो परिणाममा चोरीको तामाको तारसहित सात जनालाई प्रक्राउ गरेको छ ।
शुक्रबार राती सुकेधाराबाट मकवानपुर जिल्ला चोलीथुम–८ घर भएका चन्द्रबहादुर थिङसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथमा ४ वटा बोरामा करीव ९० किलो तामाको तार फेला परेको छ । राजधानीमा दैनिकसरह टेलिफोनका तार चोरी भईरहेका बेला प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया