बझाङ । बझाङ जिल्लाको विथ्थडचिर गाँउपालिका– ९ र ६ का पशुपालक किसानहरुले भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले आधुनिक खोर र बाख्रा वितरण गरेपछि काम गर्न थप हौसला मिलेको बताएका छन् ।
गत शनिबार प्रमुख जिल्ला अधिकारी विस्वमित्र कुईकेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भरत साह र जिल्ला समन्वय समितिका सदस्य गोर्खबहादुर सिंहलगायतको टोलीले भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट निर्माण भएका पशुपालक किसानहरुको खोरको संयुक्त अनुगमनका क्रममा आफूमा काम गर्न थप हौसला मिलेको बताएका हुन् ।
भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्यक्रम
अनुसार वडा नम्बर ९ मा रहेको हिमान्सु कृषि तथा पशुपन्छी फर्मलाई चार लाख जनश्रमदान, ३ लाख ९० हजार गरी जम्मा ७ लाख ९० हजार र वडा नम्बर ६ मा रहेको सृजनशिल कृषक समूहलाई दस लाख कृषक समूहको सो लगानी ५ लाख ९० हजार गरी जम्मा १५ लाख ९० हजारमा आधुनिक खोर र बाख्रा वितरण गरेको हो ।
अनुगमनका क्रममा वडा नम्बर ९ रौकोशीका बाख्रा पालक किसान कर्णबहादुर बोहराले भने, ‘पहिला हामी गाई, भैँसी, गोरु र बाख्रा एकै ठाँउमा राख्थ्यौँ, आधुनिक बाख्रा खोर बनाएपछि पहिलेको भन्दा धेरै सहज भएको छ ।’ त्यस्तै अर्का बाख्रा पालक किसान हर्क धामीले रोजगारीका लागि बाहिर जानुभन्दा गाँउघरमै केही गर्न सकिन्छ की भनेर बाख्रा पालेर बसेको भन्दै यस वर्ष आफ्नो कृषक समूहमा बाख्रा पालनका लागि आधुनिक खोर निर्माण र बाख्रा खरीदका लागि सहयोग गरेकाले पशुपालक किसाहनहरुमा गाँउघरैमै काम गर्न थप ऊर्जा मिलेको बताए ।
विथ्थडचिर गाँउपालिकालगायत जिल्लाका अधिकांश वडाहरु पशुपालनका लागि धेरै सम्भावना भएकाले किसानहरुलाई मासु उत्पादनमा वृद्धि गरी ग्रामीण बस्तिका किसानहरुलाई आत्मानिर्भर बनाउन सके जिविकोपार्जन गर्न सजिलो हुने र पशुपालक किसानहरु निर्वाहमुखी भन्दा पनि व्यावसयीकमुखी हुने भेटेनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका पशु विकास अधिकृत कर्णबहादुर खड्काले बताए ।
अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य गोरखबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी विस्वमित्र कुईकेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भरत साहलगायतको लगाएतको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा बाख्रा पालक किसानहरुलाई बाख्रामा लाग्ने विभिन्न रोग, रोगको लक्षण र उपचारहरुको बारेमा समेत जानकारी गराइएको थियो ।
बझाङ
प्रतिक्रिया