बझाङ । बझाङ जिल्लामा प्याजले उचित भाउ नपाएपछि डडेलधुरा जिल्ला पठाइएको छ । कृषि ज्ञान केन्द्र बझाङ कार्यालय प्रमुख टेकबहादुर विष्टले बझाङ जिल्लामा उत्पादित अर्ग्यानिक १८ क्विन्टल प्याज डडेलधुरा जिल्ला पठाइएको जानकारी दिए ।
कार्यालय प्रमुख बोहराले भने जयपृथ्वी नगरपालिकाको सुवेडामा उत्पादन भएको प्याज प्रतिकिलो ५० रुपैयाँका दरले १८ क्विन्टल डडेलधुरा पठाइएको बझाङ जिल्लामा कहिँकतै स्थानीय उत्पादित प्याज विक्री गर्नुपरेको खण्डमा खबर गर्न समेत उनले आग्रह गरेका छन् ।
कृषि ज्ञान केन्द्रको पहलमा जिल्लामा उत्पादन हुने तरकारीवाली र नगदेवालीको बजारीकरण गरेपछि किसानहरुलाई सहज भएको छ ।
बझाङ
प्रतिक्रिया