फिदिममा चट्याङ पर्दा घरमा आगलागी

पाँचथर । फिदिम नगरपालिका २ पल्लोटार गैरीगाउँ नजिकै गए राति चट्याङ पर्दा घरमा आगलागी भएको छ । चट्याङ लाग्दा धनमाया तामाङको घरमा क्षती पुगेको हो । गएराति २ बजेर ४४ मिनेटमा चट्याङ परेको थियो ।

चट्याङ नजिकै रहेको लप्सीको रुखमा लागेको भएपनि विजुलीको मिटर बक्स, एमसिपी जलेको र घर कोठामा आगलागी भएपछि पानीले निभाएको इन्द्रबहादुर काम्वाङले जनाए । याङवर गाउँपालिका ४ निवासी काम्वाङ फिदिम २ पल्लोटारमा रहेको धनमाया तामाङको घरमा बस्दै आएका छन् ।

चट्याङ लाग्दा विजुलीको करेन्टबाट कोठा भित्र लगाइएको पाल, लुगा जलेर नष्ट भएका छन् । आगोलाई चट्याङबाट मानवीय क्षति भने भएन । चट्याङबाट मानवीय क्षतिको अन्य क्षेत्रबाट जानकारी नआएको पाँचथर डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । विद्युतीय क्षतिपूर्तिको लागि वडा २ ले नगरपालिकामा सिफारिस गर्ने वडाध्यक्ष दिननाथ अधिकारीले बताए ।

प्रतिक्रिया