मन्त्रीहरुलाई रारा प्रवेशमा रोक

मुगु । मुगुको छायाँनाथ रारा नागरपालिकाले मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गरिएको बताएका हुन् ।

स्वर्गकी अप्सरा रारालाई संघीय सरकारले बेवास्ता गरेको उनले बताएका छन् । रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरुले ध्यान नदिएको उनको भनाई छ ।

एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने कामबाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उनले आरोप लगाएका छन् । उनले अन्य आन्तरिक तथा वाह्वय पर्यटकलाई भने रारामा स्वागत गरिएको बताएका छन् ।

प्रतिक्रिया