रुकुम पश्चिम । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा टिप्न गएकी रुकुमपश्चिम की एक युवतीको मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका ४ गोतामकोट स्थित विष्ट गाउँकि २२ वर्षीया जमुना विष्टको सोमबार मृत्यु भएको हो । यार्सा टिपेर पाटन बाट फर्कने बेलामा डोल्पाको काइके गाउँपालिकामा पर्ने लैनीबगर नजिकै मृत्यु भएको आठबिसकोट -४ का वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिए ।
आफन्त सहित उनि यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको र त्यही पाटनमा लेक लागेर बिरामी भएकि थिइन । बिचबाटोमा जमुनाको मृत्यु भएको हो । आफ्नो घरकी कान्छी बहिनि सरस्वती विष्टसँगै घरफर्कने बेलामा उनको मृत्यु भएको बिष्टले बताए ।
जमुनाको शव जिल्ला अस्पताल डोल्पामा पोस्टमार्टम गरेर गोतामकोट ल्याइने वडाअध्यक्ष बिष्टले जानकारी दिए । उनको बुवा र दाइ रोजगारीको सिलसिलामा भारत गएको र जमुनाको घरमा अहिले आमा एक्लै भएको बताईन्छ । रुकुम पश्चिमका केहि ठाउँका अधिकांश मानिस यार्सा टिप्न डोल्पा जाने गर्छन्।
रुकुम पश्चिम
प्रतिक्रिया