कालिकोट । आईपीभी खोप अभियान २०८१ सम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मी र सरोकारवालाबीच अभिमूूखिकरण गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख संकेत विश्वकर्माले कार्यक्रमको उदेश्यमाथि प्रष्ट पारेका पादै दादुरा रुवेला खोप अभियानको प्रगति विवरणसहित चुनौती तथा समस्या र समाधानको विषयमा छलफल भएको छ ।
आईपीभी खोप अभियानको औचित्यबारे बुझाउने र कालिकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता कायम गर्नका लागि चालिएका कदमबारे सरोकारवालाहरुलाई जानकारी दिने उद्येश्यले अभिमूखिकरण गरिएको डाक्टर विश्वकर्माले बताए । पोलियो रोगको हालको अवस्था बारे पनी सहभागिहरुलाई जानकारी गराइएको छ । खोप लगाएपछि सामान्य असर हुने गरेको डाक्टर विश्वर्मामाले बताए ।
उनले अनुसरा खोपले खासै समस्या नहु गरेको बताए । आईपीभी खोप आपूर्ति नभएको अविधमा यो खोप लगाउन छुट भएका बालबालिकाहरुलाई एक मात्रा आईपीभी खोप दिएर ती बालबालिकामा पोलियो रोगको विरुद्ध प्रतिरोध क्षमता कायम गर्नु आईपीभी खोप अभियानको लक्ष्य रहेको जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताए । जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष धनजित बहादुर शाहीको अध्यक्षतामा अभिमूखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, कालिकोट प्रहरी प्रमुख अर्जुन केसी, सशस्त्र प्रहरी बल प्रमुख दिपेन्द्र विष्ट, अस्पताल विकास सतिका अध्यक्ष गोगन बहादुर मल्ल तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधिलगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शिक्षा फोकल पर्सन हेमराज बमले गरेका हुन् । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
कालिकाेट
प्रतिक्रिया