सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं उपरीक्षक रमेश पण्डित र पत्रकारहरुबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सिरहाको सभा हलमा सम्पन्न कार्यक्रममा नयाँ एसपी पण्डितले पत्रकारहरुसँग तस्करी न्यूनीकरण, लागूऔषध ओसारपसार निर्मुल पार्ने र सचेतनाका लागि विशेष अभियान सुरु गर्ने बताए ।
उनले अवैध उत्खनन रोक्न स्थानीय तहसँग समन्वय गरी कार्य अगाडि बढाउने, गलत आचरणका प्रहरीलाई तुरुन्त कारवाही गर्ने र सोमबार नै एक जनालाई कारवाही गरेको बताए । प्रहरी प्रमुख पण्डितले गलत मुद्दामा सुक्ष्म अनुसन्धान गरी अगाडि बढ्ने, विचौलियाहरुको प्रभावमा नपर्ने जस्ता प्रतिबद्धता जनाए ।
कार्यक्रममा केहीले निजी स्वार्थको लागि पत्रकारलाई टारगेट बनाउँदा सिरहामा पत्रकार सुरक्षित छैनन् भने जस्ता विषयलगायत जिल्लामा भइरहेको गतिविधि बारे पत्रकारहरुले जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका पूूर्वअध्यक्ष दिनेशवर गुप्ता, महासंघका अध्यक्ष मनोज बनैता, उपाध्यक्ष गणेश साह, सचिव शिव दयाल यादव, सहसचिव राजेन्द्र महतो, कोषाध्यक्ष बिरेन्द्र नेपाल लगायत विभिन्न मिडियामा कार्यरत सिरहाका करीब दुई दर्जनभन्दा बढी पत्रकारहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया