पाँचथर । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल पाँचथरले फिदिममा शारीरीक अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई फलफूल वितरण गरेको छ । राष्ट्रिय युवा संघ नेपालको ३५औँ स्थापना दिवसमा फलफूल वितरण गरिएको हो ।
फिदिम माविका ७, फिदिम गढी माविका १९ जना बालबालिका र जेष्ठ नागरिकलाई युवासंघले फलफूल र कापी तथा पेन्सिल वितरण गरेको हो ।
सो अवसरमा सिद्ध पोखरी सेवा सदन तथा जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई युवासंघ ले फलफूल वितरण गर्दै सम्मान गरेको जिल्ला अध्यक्ष मदन लावतीले जानकारी दिए ।
सो फलफूल वितरण समारोहमा फिदिम माविमा अध्ययनरत कान नसुन्ने समस्या भएका बालबालिकाको आवासको अभाव रहेको बताउँदै प्रधानाध्यापक विनोदकुमार ठाकुरले आवासीय भवन भएमा बालबालिकाहरू लाई सहज हुने बताए ।
उक्त फलफूल वितरण कार्य युवा संघका केन्द्रीय सदस्य तथा पाँचथर इञ्चार्ज कमल थपलियाको अगुवाइ र नेतृत्वमा सम्पन्न भएको हो ।
प्रतिक्रिया