एनआइसी एसिया बैंकद्वारा पुस्तकालय भवन निर्माण

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सहभागितामा उक्त पुस्तकालय भवनहरू निर्माण गरेको बैंकले जनाएको छ । ५ वटा पुस्तकालय भवन निर्माणकार्य सम्पन्न भएर हस्तान्तरण गरिएको छ, भने २ वटा भवनको निर्माण कार्य भइरहेको र एउटा भवन निर्माणका लागि निर्माणकर्ता छनोट प्रक्रिया अघि बढेको बैंकले जनाएको छ । बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि कुल २ करोड १३ लाख २३ हजार बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया