प्राची राजकुमारी बन्ने

Prachi_Desaiमुम्बई : बलिउड अभिनेत्री प्राची देसाई राजकुमारी बन्ने भएकी छिन् । कुनै राजकुमारसँग वैवाहिक सम्बन्ध बनाएर उनी राजकुमारी हुन लागेकी भने होइनन् । विक्रम भट्टले निर्माण गर्न लागेको चलचित्र ‘१९२०’ को तेस्रो संस्करण अभिनयका सिलसिलामा उनी राजकुमारी बन्न लागेकी हुन् । यस चलचित्रमा उनले राजकुमारीको भूमिका निर्वाह गर्दै छिन् ।
सानो पर्दाको शृंखला अभिनयपछि ठूलोपर्दा अर्थात् चलचित्र अभिनयमा पाइला बढाएकी प्राची यसअगाडि ‘रक अन’, ‘वान्स अपान ए टाइम इन मुम्बई’ र ‘बोल बच्चन’ जस्ता फिल्ममा अभिनयका माध्यमले छाप छोड्न सफल छिन् । विक्रमले यो चलचित्र डरलाग्दो अर्थात् ‘हरर मुभी’ बनाउन लागेका हुन् । ‘मलाई जिन्दगीमा जहिले पनि जोखिम मोल्न मनपर्छ । त्यसैले पनि विक्रम भट्टको यस हरहर चलचित्रमा अभिनय गर्न लागेकी हँ,’ देसार्इंले भनिन् । हरर कथामा चलचित्र निर्माण हुने भए पनि यस्तै कथामा बनेका अन्य भन्दा यो चलचित्र फरक हुने उनले दाबी गरिन् । भनिन्, ‘अन्य हरर चलचित्रमा प्रयोग गरिने सेतो पहिरन र रंगीन मेकअप यिनमा प्रयोग गरिँदैन ।’ चलचित्रमा उनी धेरै प्रकारको भूमिकामा देखिँदै छिन् । लन्डनमा समेत छायांकन हुने चलचित्रलाई लिएर यसको युनिट निकै उत्साहित छ । एएसए ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई सुरेश देसाईले निर्देशन गर्दै छन् । सुरेशको यो पहिलो चलचित्र हो । निर्देशनमा डेब्यु गर्न लागेका सुरेश चलचित्रलाई केही विशेष बनाउने सोचाइमा छन् । चलचित्र अर्काे वर्ष प्रदर्शनमा आउनेछ । (एजेन्सी)

प्रतिक्रिया