सिमराका राजन उप्रेतीविरुद्ध पक्राउ पूर्जी जारी, खोज्दै प्रहरी

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमराका राजन उप्रेती भन्ने राजेन्द्र उप्रेतीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इच्छा होटलभित्र सञ्चालनमा रहेको स्माइल क्यासिनोको सञ्चालकमाथि हातपात गरेको आरोपमा प्रहरीले राजनविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

चैत १८ गते आइतबार बिहान इच्छा होटेल परिसरभित्र कफी खाँदै गरेको बेला राजनउप्रेतीसहित २०–२५ जनाको समूहमा आएकाहरुले क्यासिनोका सञ्चालकमाथि हातपात गरेका थिए ।

चैत १७ गते शनिबार स्माइईल क्यासिनोमा सिमराका राजन उप्रेतीले प्रवेश गर्न खोजेको र त्यतिखेर सुरक्षा गार्डले उप्रेतीलाई भित्र प्रवेश गर्न नदिएपछि उप्रेतीले तेरो क्यासिनोलाई जलाइदिन्छु कुनै पनि हालतमा क्यासिनो चल्न दिन्नँ भनेर धम्की दिएर क्यासिनोबाट बाहिर गएको क्यासिनोका सञ्चालक राजन भुजेलले बताएका छन् ।

आइतबार बिहान आफू बसेको बेला राजन उप्रेतीले २०–२५ जनाको समूहमा आएर आफूमाथि हातपात गरेको सञ्चालक भुजेलले बताएका छन् । क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश निषेध भएको कारण आफूहरुले राजन उप्रेतीलाई भित्र प्रवेश गर्न दिएपछि उनले हातपात गरेको भुजेलले आरोप लगाएका छन् ।

क्यासिनोको सञ्चालक राजन भुजेलले आफूमाथि सिमराका राजन उप्रेतीले हातपात गरेको तथा ज्यान मार्ने धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय बारामा चैत १९ गते सोमबार उजुरी दिएको र प्रहरीले २० गते उप्रेतीविरुद्ध पक्राउ पूर्जी जारी गरेको बताए । राजन उप्रेतीले पहिलदेखि नै स्थानीयहरुलाई धाकधम्की दिनेदेखि षड्यन्त्र गरेर गलत आरोपमा केही मान्छेहरुलाई फसाउने गरेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया