वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्सासँग प्रभु हस्पिटल र एभरेष्ट दन्त सेवा केद्रबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार वीरगञ्ज महानगरपालिका– ८ स्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि वीरगञ्ज र सशस्त्र प्रहरी बल पर्साबीच स्वास्थ्य उपचार सेवामा राष्ट्र सेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारी, भूतपुर्व सशस्त्र प्रहरी कर्मचारी र निजहरुका आश्रीत परिवारजन तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारहरु समेतलाई विभिन्न उपचार सेवामा छुट्टाछुट्टै निश्चित १५ देखि २० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध गराउने द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज महानगरपालिका– ८ लिंक रोडस्थित एभरेष्ट दन्त सेवा केन्द्र प्रालिबीच मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी राष्ट्रसेवक कर्मचारीहरुलाई ओपीडीलगायत फर्मेसीमा ३५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध दिने द्विपक्षिय सम्झौता (MOU) मा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया