‘श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण गलत छ’

कलैया । नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले श्रमिकहरू राष्ट्रको गहना भएको बताएका छन् ।

सोमबार ७८औँ श्रमिक स्थापना दिवसको अवसरमा बाराको कलैयामा आयोजित कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले श्रमिकहरूबाट देश जनताको हितमा धेरै काम भए पनि श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण गलत भएकोले आज देशले आर्थिक मन्दिको समाना गर्नु परेको उनले बताए । देशलाई निकास दिन श्रमिकको उचित मागको सम्बोधन हुनुपर्ने उनले बताएका थिए ।

उक्त कार्यक्रममा नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल ट्रेड युनियन कांग्रेस बाराका महिला उपाध्यक्ष अनिला चौधरी, नेपाल तरूल दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाल कृषि सम्बन्ध श्रमिक सघ बाराका अध्यक्ष ओमप्रकाश यादव, नेपाल करखाना श्रमिक सघ बाराका अध्यक्ष अरूण यादव, नेपाल श्रमिक सघका बैधनाथ राउत अहिरलगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया