लागुऔषधसहित दुई महिला पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । लागुऔषधसहित दुई जना महिलालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय मातहत प्रहरीचौकी इनर्वा र लागुऔषध नियन्त्रण ब्युरो शाखा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीलाई जाँच गर्ने क्रममा शंकास्पद लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउपर्नेमा भारत विहार पूर्वी चम्पारण बस्ने ४३ वर्षीय रूकसाना खातुन र सोही स्थान बस्ने २० वर्षीय अप्सना खातुन छन् ।

उनीहरूले शरीरको विभिन्न भागमा लुकाएर ल्याएको अवस्थामा लागुऔषध buprenorphine–१४८ एम्पुल, Dizepam–१४९ एम्पुल, phenargan–१३९ एम्पुल buprenorphine–१४८ एम्पुल, Dizepam–१४७ एम्पुस, phenargan–१४७ एम्पुल गरी जम्मा ८७८ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया