भन्सार छलीका प्याज तथा लत्ताकपडा बरामद

वीरगञ्ज । भन्सार छलीका प्याज तथा विभिन्न किसिमका लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–८ मीनाबजारमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको प्याज अनधिकृतरूपमा भण्डारण गरेको अवस्थामा बरामद गरेको हो ।

प्राप्त सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्याजसाहु फरार भएका थिए । बेवारिसे अवस्थामा रहेको उक्त प्याज १ सय ३३ बोरा (५ हजार २ सय २० केजी) बरामद गरिएको थियो ।

यसैगरी वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकस्थित दुई जना अपरिचित व्यक्तिहरू पनि प्रहरीको टोलीलाई देख्नासाथ आपूmले ल्याएका सामान छोडी भागेका छन् । भन्सार छली गरी ल्याइएको विभिन्न किसिमका लत्ताकपडाहरू टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ उनीहरूले उक्त लत्ताकपडाहरू बाटोमै छाडेर भागेका थिए ।

सो कपडाहरू लुंगी तीन पिस, कुर्ता सुरुवाल आठ पिस, तौलिया १२ पिस, लेडिज कट्टु १ सय ५५ पिस, मार्किन कपडा ७२ मिटर, अन्डरवेयर ९८ पिस, होली कुर्ता १० पिस, गम्छा पाँच पिस, थान कपडा ३ सय ५० मिटर रहेका छन् । अन्दाजी मूल्य ३ लाख ३ हजार ३ सय १० रुपैयाँ बराबारको उक्त सामान बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारबाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया