मुख्यमन्त्री सरोज यादवद्वारा जीतपुरसिमरा महोत्सवको उद्घाटन

बारा । बाराको जीतपुरसिमरा उमपहानगरपालिकामा आजदेखि जीतपुरसिमरा महोत्सव २०८० सुरु भएको छ । महोत्सवको आज एक कार्यक्रमकाबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै यादवले खस्किदै गरेको अर्थतन्त्रलाई महोत्सवले टेवा पुर्याउने बताए । उनले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण गर्न २५ लाख रुपैया सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का प्रतिनिसभा सदस्य ज्वालाकुमारी शाह, मधेश प्रदेशकी पर्यटन मन्त्री सुनिता कुमारी यादव, संविधानसभा सदस्यहरु शोभाकर पराजुली, जयराम दाहाल, मधुशाही ठकुरी, बारा क्षेत्र नम्बर ४ (क)का प्रदेशसभा सदस्य देव नारायण चौधरी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामाकार्यक्रम सम्पन्न भएको छ । आजदेखि शुरु भएको महोत्सव फागुन २९ गतेसम्म चल्नेछ । कृषि पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, बिभिन्न समुदायका खानाका स्टलहरु, बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको स्टल, मनोरञ्जनात्मक वाल उद्यान, सेल्फी जोन लगायत रहेको छ ।

प्रतिक्रिया