पोखरिया नगरपालिकामा उपमेयर छात्रवृत्ति वितरण

पर्सा । जिल्लाको पोखरिया नगरपालिकामा उपमेयर छात्रवृत्ति वितरण गरिएको छ । उपमेयर छात्रवृत्ति वितरण कार्यक्रममा १८ जना छात्र–छात्राहरुलाई उच्च शिक्षाको लागि छात्रवृत्ति वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

उच्च शिक्षा लिन बाट बन्चित नहोस् भन्दै पालिकाले उपमेयर छात्रवृत्ति अभियानअन्तर्गत उत्कृष्ट इन्जिनियर, १० कक्षा र ‘प्लस टू’ गरेका छात्र–छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । पालिकामा रहेको माध्यमिक विद्यालयहरुमा अध्यापन गरी उच्च शिक्षा लिनबाट बन्चित नहोस् भन्दै छात्र–छात्रा हरुलाई छात्रवृत्ति वितरण गरिएको उपमेयर रुवी ठाकुरले जानकारी दिइन् ।

पोखरिया नगरपालिकामा २५ वटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेका छन् । उपमेयर छात्रवृत्ति वितरण कार्यक्रमको प्रमुख अतिथि रहेका नगरप्रमुख प्रधुमन प्रसाद चौहानले अब आउने दिनमा उच्च शिक्षा लिनबाट कोही पनि छात्र–छात्रहरु बन्चित हुन नदिने बताए ।

साथै उनले आगामी वर्षमा शिक्षा क्षेत्रमा विभिन कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा निमित प्रमुख प्रसाशकिय अधिकृत कौशलेन्द्र मिश्रा, शिक्षा प्रमुख विजय झा, शिक्षक दिपक ठाकुर, मन्दिप महतो, शिक्षा समितिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया