आर्थिक संकटका कारण वित्तीय क्षेत्र प्रभावित

वीरगञ्ज । आर्थिक संकटका कारणले वित्तीय प्रभावित भएको पर्सा जिल्लाका अर्थ विज्ञहरूले बताएका छन् । यस्ता विश्लेषण तथा व्याख्याका कारणले गर्दा आमजनमानसमा नैरास्यता उत्पन्न भई निराशाको वातावरण सिर्जना भएको छ । अर्थतन्त्रका जानकारहरूले आफ्नो राजनीतिक दर्शनका आधारमा वर्तमान समयको आर्थिक संकटलाई व्याख्या गरेका छैनन् । नेपाल सरकारले मिटर व्याजसम्बन्धी ऐन ल्याए लगत्तै ऋण लिएका व्यक्तिले साहुप्रति मिटर व्याजको निवेदन दिई झिकाइरहेको अवस्था सिर्जना भएपछि अहिले गाउँघरमा ऋण पाउनै मुस्किल भएको छ ।

साथै ऋण नपाउँदा कतिको छोराछोरीको विवाह, पढाइजस्ता कार्यमा समेतमा असर पारेको छ । ऋण लिनका लागि दुःख खोल्ने बित्तिकै साहुले भन्न थालेका छन्, कर्जा दिनका लागि पैसा छैन ।

यति मात्रै होइन, आर्थिक संकटकै कारण घरमा जग्गा बेच्नका लागिसमेत समस्या पर्न थालेको छ । १० लाख मूल्यको घरजग्गा बिक्री गर्न खोज्दा चार–पाँच लाखको मूल्य लगाउन थालेका छन् साहु महाजनले ।

अहिले जोसँग पैसा छ, उसले समस्यामा परेकाको मनोमानी हिसाबले जग्गा खरिद बिक्री गरिरहेका छन् । आर्थिक मन्दीको कारणले वीरगञ्जको घण्टाघर चोकदेखि माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखियामठ लागायतको बिभिन्न ठाउँहरूमा करिब ६० वटा सटर बन्द हुँदै छ ।

वीरगञ्जको घण्टाघर चोकदेखि माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखियामठलगायत महँगो क्षेत्रका व्यावसायिक भवनहरूमा मालिकको मोबाइल नम्बरसहित ‘टु लेट’ लेखेको बोर्ड तथा प्लेट प्रशस्त देख्न पाइन्छ ।
जहाँ कोरोना महामारी फैलिनुपूर्व व्यावसायिक स्थान लिनका लागि पुराना व्यापारीलाई नयाँ लगानीकर्ताले मासिक भाडाको पाँच/६ गुणासम्म सलामी तिरेपछि मात्र घरबेटीसँग बहाल सम्झौता गर्नपुग्थे ।

यसका साथै वीरगञ्ज औद्योगिक करिडोरमा आर्थिक मन्दीको कारणले कलकारखानाबाट मजदुरको धमाधम कटौती भइरहेको छ । कटौतीमा परेका मजदुरको परिवार चलाउन निकै कठिन भएको छ । यस्तै बैंक तथा लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता व्याज तिर्नसमेत सकिरहेका छैनन् ।
ऋणीले ऋण तिर्न नसक्दा बैंक, लघुवित्तका कर्मचारी र ऋणीहरूकाबीच सधैँ विवाद हुने गरेको छ । ऋण लिएर व्यवसाय गरिरहेका व्यवसायी आम्दानी नभएर बैंक, लघुवित्त वित्तीय संस्थाको किस्ता नसकेका कारण मानसिक चिन्तामा पर्ने गरेका छन् ।

प्रतिक्रिया