मधेस प्रदेशकै एक मात्र महानगरपालिकालाई जोड्ने प्रमुख सडक कलैया–वीरगञ्ज सडक हो । यो सडकमा दिनहुँ हजारौँको संख्यामा ठूला साना सवारी साधन गुड्ने गर्छ । बढ्दो सवारीको चापअनुसार सडकलाई फराकिलो बनाउने काम सम्बन्धित निकायले नगर्दा यो सडकमा दिनहुँ सवारी दुर्घटना हुने गर्दछ । कलैया–वीरगञ्ज खण्डमा सडकको चौडाइ मात्र होइन । त्यस खण्डमा पर्ने पुलहरूको पनि चौडाइ कम छ ।
समयको मागअनुसार फराकिलो बनाउन नसकिएको सडक साँघुरो भएकै कारण पछिल्लो समय ‘ज्यानमारा’ सडकको रूपमा परिणत भइसकेको छ । यो खण्डमा हुने गरेको अधिकांश दुर्घटनामा सर्वसाधारणले ज्यान गुमाउने र ठुलो क्षति बेहोर्ने, अंगभंग हुने क्रम बढेपछि यस सडकलाई ज्यानमारा सडक भन्न थालिएको छ । यो सडकमा सबैभन्दा बढी रातको समयमा दुर्घटना हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ । रातको समयमा कुहिरो र विपरीत दिशाबाट आएका ठूला सवारीको हेडलाइटका कारण उक्त खण्डमा पर्ने पुलका पिलर नदेखिँदा सवारी दुर्घटना बढेको गुनासो आएपछि प्रसौनी गाउँपालिकाको पहलमा अस्थायी ट्राफिक प्रहरी पोस्ट गण्डकले स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।
स्टिकर टाँस्ने ट्राफिक प्रहरीको अभियानको शुभारम्भ गर्दै प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवाल दुधौरा पुलको पिलरमा स्टिकर टाँस्दै गरेको अवस्थामा भेटिए । केही दिनअगाडि चम्किलो स्टिकर नभएकै कारण पुलमा भएको सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका थिए । पुलमा सवारी दुर्घटना बढनुको कारण पत्ता लागेपछि स्टिकर टाँस्न पहल थालिएको हो । त्यही योजनाअनुसार स्टिकर टाँस्ने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष जयसवालले जानकारी दिए ।
‘सवारी दुर्घटना कम गर्न यसरी स्टिकर टाँस्न सुरु गरेका छौँ’, उनले भने, ‘स्टिकरले पक्कै सवारी दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिएका छौँ ।’ आफ्नो नगरभित्र रहेका सडकलाई सुरक्षित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्ने अपेक्षासहित स्टिकर टाँस्ने अभियानलाई तीव्र बनाइएको उनले जानकारी दिए ।
केही दिनअगाडि चम्किलो स्टिकर नभएकै कारण पुलमा भएको सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका थिए । पुलमा सवारी दुर्घटना बढनुको कारण पत्ता लागेपछि स्टिकर टाँस्न पहल थालिएको हो । पुलमा टाँसिएको स्टिकरले रातको समयमा रिफ्लेक्ट लाइट दिएर टाढैबाट सवारी चालकलाई सतर्क गराउँछ । टाढैबाट पुल भएको जानकारी पाउने बित्तिकै सवारी चालक सतर्क हुन पाउँछन् । समयमै सवारीको गति कम गर्छन् र सम्भावित दुर्घटनाबाट जोगिन्छन् भन्ने विश्वास आफूहरूले लिएको गाउँपालिका अध्यक्ष जयवालको भनाइ छ । कलैया–वीरगञ्ज खण्डमा हुने सवारी दुर्घटनामा सबभन्दा धेरै दुधौरा पुलमै हुने गरेको पाइएपछि पुलमा टाँसिने स्टिकरमाथि गाउँपालिकाले फोकस गरेको उनले बताए ।
पुल एरियामा धेरै दुर्घटना पछिल्लो समय बढेको देखियो । दुर्घटना बढेपछि अस्थायी ट्राफिक प्रहरी कार्यालय गण्डकका प्रमुखले स्टिकर टाँस्ने सल्लाह दिए । उनकै सल्लाह बमोजिम गाउँपालिकाको आर्थिक सहयोगमा स्टिकर खरिद गरी टाँस्ने काम सुरु गरिएको उनले बताए । तत्कालै पुल र सडकलाई फराकिलो बनाउन नसकिए पनि यही सडकलाई जोखिममुक्त बनाउन स्टिकर अभियानलाई तीव्र पारिएको उनको भनाइ छ ।
उनका अनुसार, पुलमा टाँसिएको स्टिकरले रातको समयमा रिफ्लेक्ट लाइट दिएर टाढैबाट सवारी चालकलाई सतर्क गराउँछ । टाढैबाट पुल भएको जानकारी पाउने बित्तिकै सवारी चालक सतर्क हुन पाउँछन् । समयमै सवारीको गति कम गर्छन् र सम्भावित दुर्घटनाबाट जोगिन्छन् भन्ने विश्वास आफूहरूले लिएको गाउँपालिका अध्यक्ष जयवालको भनाइ छ । कलैया–वीरगञ्ज खण्डमा हुने सवारी दुर्घटनामा सबभन्दा धेरै दुधौरा पुलमै हुने गरेको पाइएपछि पुलमा टाँसिने स्टिकरमाथि गाउँपालिकाले फोकस गरेको उनले बताए ।
बढ्दो सवारी दुर्घटनाकै कारण यो सडकलाई पछिल्लो समय ‘ज्यानमारा सडक’ सडकको नामले चिन्न थालिएको उनले सुनाए । सडकको दुबै किनारामा रहेका हरेक पिलरमा समेत स्टिकर टाँस्ने योजना अघि बढाइएको अध्यक्ष जयसवालले जानकारी दिए ।
हालै अस्थायी ट्राफिक प्रहरी पोस्ट गण्डक कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका ट्राफिक प्रहरी वरिष्ठ हवल्दार तेजकुमार मिश्रले पनि स्टिकर टाँस्ने अभियानलाई तीव्र बनाइएको जानकारी दिए ।
‘आफू गण्डक पोस्टको जिम्मेवारी सम्हालेपछि दुधौरा पुलमै सबैभन्दा बढी दुर्घटना भएको पाएँ’, उनले भने, ‘दुर्घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा कारण पता लगाउँदा रातको समयमा पुलको रेलिङ चालकले नदेखेको भेट्यौँ ।’ कारण पत्ता लागिसकेपछि त्यसको मुख्य उपचार स्टिकर भएको निकर्षसहित स्टिकर टाँस्ने अभियानलाई सुरु गरिएको उनले जानकारी दिए ।
रिफ्लेक्ट स्टिकर टाढैबाट सवारीको लाइट पर्ने बित्तिकै टल्किने गर्छ । टल्केको स्टिकर देखेर सवारी चालक सतर्क हुन्छन् र सवारी दुर्घटनाबाट जोगिन्छन् । यसरी रातको समयमा हुने सम्भावित दुर्घटना कम हुने वातावरण बनाउन स्टिकर टाँस्ने कामलाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।
सवारी दुर्घटना घटाउन स्टिकरले ठूलो मद्दत गर्छ : सवारी चालक
सवारी दुर्घटना घटाउन स्टिकरले ठूलो मद्दत गर्ने विश्वास उक्त खण्डमा सवारी कुदाउने चालकले समेत लिएको बताएका छन् । स्टिकर नभएको बेला रातको समयमा कहिलेकाहीँ पुल नै नदेख्ने गरेको उक्त सडकमा सवारी गुडाउँदै गरेका चालक धुरेन्द्र पटेलले बताए ।
‘स्टिकर टाँसिएपछि धेरै राम्रो भयो’, उनले भने, ‘अब टाढैबाट चम्किलो स्टिकरका कारण पुल नजिक आएको थाहा पाउँछौँ ।’ सडक र पुलको अवस्थाबारे चालकले जानकारी नपाएकै कारण दुर्घटनाको सिकार हुन्छन् । जति बढी स्पिडमा सवारी चालकले किन नकुदाओस अगाडिको अवस्थाबारे ठम्याउने बित्तिकै गाडिको स्पिड कम गर्छन् । स्पिड कम गरेपछि सम्भावित दुर्घटना टरेर जाने उनको बुझाइ छ ।
आफूले यो सडकमा करिब २५ वर्षदेखि निरन्तर बस चलाउँदै आएको अर्का चालक कलैया उपमहानगरपालिका–१६ निवासी रामेश्वर पटेलले बताए । ‘पहिला यो सडकमा गुड्ने सवारी साधनको संख्या थोरै थियो’, उनले भने, ‘अहिले सवारी साधनको संख्या धेरै भइसकेको छ ।’ तर, २५ वर्ष अगाडिको अवस्था हेरेर बनाइएको यो सडकमा परिवर्तित समयअनुसार चेन्ज भएको देखिँदैन । सवारी साधन बढे तर पुल र सडकको अवस्था उस्तै रहेको उनको भनाइ छ ।
पहिला सवारी साधनको संख्या पनि कम थियो र ती सवारीको स्पिड पनि कम थियो । तर अहिले आएका सवारी साधनको स्पिड हाइ हुन्छ । हाइ स्पिड भएको सवारीलाई यो सडकमा गुडाउँदा सडकले थेग्नै सक्दैन । युवा जोस भएका सवारी चालकले गाडीमा दिइएको स्पिडअनुसार गाडी कुदाउँदा साँघुरो सडकमा सम्हालिन सकिँदैन । दुबै तर्फबाट ओहोरदोहोर गर्ने सवारी स्पिडमा साइड लिन सक्दैनन् । यदि बल मिच्याइ गरे दुर्घटनामा पर्ने सम्भावना बढी रहने गरेको उनको भनाइ थियो ।
सडकलाई फराकिलो बनाउने अवस्था छ
कलैया–वीरगञ्ज सडकलाई फोर लाइन बनाउँदा दुर्घटना शून्य हुने विश्वास प्राविधिक टोलीले गरेका छन् । करिब १० किलोमिटरको छोटो दुरीको यो सडकले पर्सा र बारा जिल्लाको सदरमुकामलाई जोडने गर्छ । वीरगञ्ज औद्योगिक एरिया भएकोले ट्राफिक डेन्सिटी अत्यधिक बढेको पाइन्छ । मिक्स ट्राफिक डेन्सिटीको कारण दिनानुदिन बढ्दै गएको लामो समयदेखि सडक पूर्वाधार निर्माणमा काम गरी सकेका इन्जिनियर ध्रुवकुमार झाले बताए ।
‘सडकलाई वन साइडेड गर्दा बढेको कोलाइड कम हुन जान्छ’, उनले भने, ‘यो सडकमा साइकल, मोटरसाइकल बढी गुड्छ ।’ साइकल लेन सहितको सडक चार लेन बनाउनु पर्यो । ठूला सवारीले साइकललाई कहिलेकाहीँ नदेखिँदा दुर्घटना बढेको उनले बताए । एकै ठाउँमा साइकल, ई–रिक्सा, टेम्पो, बस, ट्रक गुड्ने हँुदा सवारी दुर्घटना बढेको उनको बुझाइ छ । हुलाकी राजमार्गअन्तर्गत बागमती नदीको पुल निर्माण पूरासँगै यो सडकमा अझ सवारी चाप बढने भएकोले यसलाई चाँडै नै पक्की डिभाइडर सहितको फोरलाइन सडकमा स्तरोन्नति गर्नुपर्ने सुझाव इन्जिनियर झाले दिएका छन् । समयमै सरोकारवाला निकायको ध्यान जानुपर्नेमा नागरिक समाजको पनि जोड छ ।
प्रतिक्रिया